Cahurast Nepal

१५ साउन, काठमाडौँ । मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान(काहुरास्ट) नेपालले सप्तरीका तिलाठी नदिमा भारतले अन्तर्राष्ट्रिय कानुन विपरित भएको बताएको छ । काहुरास्टको पाचौँ केन्द्रीय समितिको बैठकले गरेको निर्णय प्रेस विज्ञप्ती मार्फत जारी गर्दै नेपाली भूभागलाई जोखिममा पार्ने गरी सप्तरीको तिलाठी नदिमा भारतले बनाउन लागेको बाँध अन्तर्राष्ट्रिय कानुन विपरित भएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । उक्त बैठकले यस सन्दर्भमा सरकारले हाललाई उक्त तटबन्धन कार्य अघि नबढाउने सहमति गरेको भएपनि यस्ता विवादलाई सँधैको लागि अन्त गर्न सरकारले कुटनीतिक पहल गरोस् भन्ने माग गरिएको छ ।
त्यसगरी देशका विभिन्न भागमा बाढी पहिरोमा ज्यान गुमाउने परिवारप्रति बैठक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै बाढीपहिरोबाट घाइते बन्न पुगेकाहरुको निःशुल्क औषधी उपचार गरी विस्थापित बन्न पुगेका परिवारहरुको तत्काल उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।
त्यसैगरी “भूकम्प गएको १ वर्ष बढी नाघ्दा पनि अझै भूकम्पपीडितहरु पाल मुनी जीवन गुजार्नु पर्ने अवस्था रहेको, भूकम्पपीडितलाई बाँड्ने भनेको राहत पनि नपाएको भन्ने गुनासाहरु आइरहेको सन्दर्भमा सरकारले अनुगमनलाई प्रभावकारी बनाइ पीडितहरुलाई राहत देओस् भन्ने काहुरास्ट जोडदार माग गर्दछ” विज्ञप्तीमा भनिएको छ ।
बैठकले भूकम्प र नाकाबन्दिको नाममा बढेको बजार मूल्य नघटेको र चाडपर्वहरु एकपछि अर्को नजिकिरहेको सन्दर्भमा महँगी नियन्त्रणमा सरकारले तत्काल अनुगमन कार्य अगाडि बढाई महँगी नियन्त्रण गरोस् भन्ने माग पनि गरिएको छ ।
यस अतिरिक्त आज विश्वका विभिन्न भागमा घटेका मानवअधिकार विरुद्धका घटनाहरुप्रति बैठकले गम्भिर चासो व्यक्त गरेको छ र मानवजातिलाई उसको बाँच्न पाउने अधिकारको रक्षा गर्न सम्बद्ध पक्ष÷राज्यको विशेष ध्यानाकर्षण गराउँदछ, विज्ञप्तीमा उल्लेख छ ।

२९ पटक
प्रतिकृया दिनुहोस्