Cahurast Nepal

३ असोज, काठमाडौँ । मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुरास्ट) नेपालले स्थानीय तह अन्तर्गत २ नं प्रदेशको निर्वाचन अभूतपूर्णत सफल रहेको बताएको छ । काहुरास्ट नेपालका महासचिव मीना शर्माद्वारा जारी विज्ञप्तीमा निर्वाचन अनुगमनको प्रारम्भिक रिपोर्टमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा “निर्वाचन मिति तोक्दै सर्दै गरेको अवस्था र मधेसी मोर्चाहरुले उठाइरहेको संविधान संसोधन हुन नसकेको अवस्थामा निर्वाचन हुन्छ भन्नेमा जनतामात्र होइन राजनीतिक दलहरुसमेत आश्वस्त हुन नसकेको अवस्थामा शान्तिपूर्ण रुपमा जनताको उल्लेख्य सहभागितामा निर्वाचन सम्पन्न हुनुलाई अभूतपूर्ण सफलता’ भनिएको छ ।

“मतदान केन्द्रहरुमा महिला, बृद्धबृद्धा, अपाङ्गता भएका व्यक्तिहरुसमेत अत्यन्त उत्साहि भई मत हाल्न सहभागी भएको पाइयो । निर्वाचनमा विवाद नआवोस् भन्नका लागि मतदाता नामावलीमा नाम भएकाहरुलाई नागरिकता, लाइसन्स, राहदानी तथा लालपुर्जाका आधारमा समेत निर्वाचनमा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको हुँदा मतदाताहरुले सहजरुपमा मतदान गर्न पाएको” जनाइएको छ ।

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनुमा सुरक्षाको व्यवस्था, निर्वाचन तयारी र व्यवस्थापन सन्तोषजनक रहेको भएको बताइएको छ । विज्ञप्तीमा निर्वाचन आयोगका तर्फबाट मतदाता शिक्षा प्रभावकारी नभएको, निर्वाचन पूर्वको अनुगमनमा देखियो भने परिचय पत्र दर्तामै केही कमजोरी रहेको भेटिएको समेत उल्लेख गरिएको छ ।

दुई दशक देखि जनप्रतिनिधिविहिन बनेको स्थानीय तह तेस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै जनताले आफ्नो भविष्य आफै कोर्ने अवसरको बाटो खुलेको जनाउँदै यो निर्वाचनले नेपाली जनताको अधिकार स्थापना गर्न सहयोग पुग्ने विश्वास रहेको भनिएको छ । साथै शान्तिपूर्ण निर्वाचन सम्पन्न भएजस्तै मतगणना पनि विवाद रहित रुपमा सम्पन्न होस् र छिटो नतिजा सार्वजनिक होस् भन्ने अपेक्षा पनि व्यक्त  गरिएको छ । (News Source: www.sansarnews.com)

३१ पटक
प्रतिकृया दिनुहोस्